मेसीलाई तेस्रो पटक फिफा उत्कृष्ट पुरुष वर्ष खेलाडी अवार्ड

काठमाडौँ- अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड जितेका छन् ।

maya metro hospital

आज बिहान लण्डनमा भएको कार्यक्रममा उनलाई सन् २०२३ को वर्ष खेलाडी अवार्ड वितरण गरिएको छ । आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड तेस्रो पटक जितेका हुन् । उनले यसअघि सन् २०१९ र २०२२ मा पनि यो अवार्ड जितेका थिए ।

त्यस्तै, आइटाना बोनमाटा पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । एडरसन सन् २०२३ को उत्कृष्ट फिफा पुरुष गोलकिपर भएका छन् । उनले म्यानचेस्टर सिटीलाई ऐतिहासिक तीन उपाधि जिताउन भूमिका खेलेका थिए । सिटीकै पेप ग्वार्डिवाला उत्कृष्ट फिफा पुरुष प्रशिक्षक भएका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.