कैलालीमा भन्सार छलीका सामान फेला By अत्तरिया अनलाइन On २०८० माघ २, मंगलवार १०:४० file photo कैलाली- कैलालीमा प्रहरीले भन्सार छलीका सामान फेला पारेको छ । भजनी नगरपालिका–३ कुसुमघाटमा प्रहरीले भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला पारेको हो । करिब ४० हजार मूल्यका लेडीज सुट पिस प्रहरी गस्ती टोलीले सोमबार बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको बताइएको छ ।