पुर्वमन्त्री लेखकसहितको टोलीद्धारा ब्रहमदेबदेखि परशुरामसम्मको सडकको स्थालगत निरिक्षण

धनगढी – महाकाली कोरिडोर अन्र्तगत कन्चनपुरको ब्रहमदेबदेखि डडेल्धुराको परशुराम नगरपालिकासम्मको सडकखण्डको स्थलगत निरिक्षण गरिएको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक तथा राष्ट्रिय सभा निर्वाचन २०८० का लागि सत्तापक्ष गठबन्धन केन्द्रिय समन्वय समितीका सयोजक पुर्ब भौतिक पुर्बाधार मन्त्री रमेश लेखकसहितको टोलीले उक्त सडक खण्डको निरिक्षण गरेको हो ।

maya metro hospital

पुर्वमन्त्री लेखक सहित टोलीमा सुदूरपश्चिमम प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री प्रकाश बहादुर देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिबराज भट्ट, सुदुरपश्चिम प्रदेश सभाका सदस्य तथा पुर्ब मन्त्री प्रकाश रावल, बेल बहादुर राना, ओम बिक्रम भाट, भिमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, उपप्रमुख तुलसी जोशी लगायतको सहभागीता रहेको थियो ।

कन्चनपुरको ब्रहमदेबदेखि डडेल्धुराको परशुराम नगरपालिकासम्मको ३२ किलोमिटर सडकखण्डको कार्यप्रगतीको अवस्था लगायतका बारेमा टोलीले जानकारी लिएको थियो । आयोजनाका प्रमुख ईन्जिनियर लक्ष्मण जोशीले महाकाली कोरिडोर अन्तर्गत साँदनी देखि कुडा सम्मको ५ किलोमिटर सडक यसै आर्थिक वर्षमा कालोपत्रे हुने बताए । उनले दार्चुला खण्डको ३२ किलोमिटरको कामका लागि पनि ठेक्का व्यवस्थापन भैसकेको बताए ।

attariya hospital

पुर्वमन्त्री लेखकले महाकाली करिडोर रणनितिक महत्वको सडकका रुपमा रहेको बताए । उनले उक्त करिडोरले दोधारा चाँदनी देखि डडेल्धुरा, बैतडी, दार्चुल्ला टिंकर हुँदै चीनलाई पनि जोड्ने बताए । उक्त करिडोर निर्माणले सुदुरपश्चिमको आर्थिक, धार्मिक गतिविधिका साथै प्रदेशको बिकास, समृद्धि र समुन्नतिको मार्ग खुल्ने समेत बताए । यो कोरिडोरमा कञ्चनपुरको शिद्धनाथ, डडेल्धुराको पर्शुराम र बैतडीको मेलौली भगवती लगायतका धार्मिकस्थलहरु पनि जोडिने बताईएको छ । त्यसैले पनि धार्मिक पर्यटकिय र पर्यावरणिय पर्यटनको बिकासका लागि कोरिडोर छिटो निर्माण हुन जरुरी रहेको लेखकको भनाई छ । उनले त्यसका लागि आफुले सघिय सरकार र मन्त्रालयमा निरन्तर दवाव दिईरहेको बताए । उनका अनुसार तिन वर्ष भित्रमा उक्त करिडोर दार्चुला पुग्नेछ ।

सुदुरपश्चिम प्रदेशका भौतिक पुर्बाधार बिकासमन्त्री प्रकाश बहादुर देउवाले महाकाली कोरिडोर सुदूरपश्चिमका ४ वटा जिल्लाको रुपान्तरणकारी योजना भएको बताए । उनले प्रदेशका कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुल्ला जिल्लाको लागी यो करिडोर बढी महत्वुर्ण भएको बताउदै यसको निर्माणले बिकासका गतिविधिहरुका साथै उक्त जिल्लाहरुका जनताको जिवनस्थरमा सुधार आउने अपेक्षा रहेको बताए । उनले करिडोरको यथाशिघ्र निर्माणका लागि प्रदेश एवम् संघिय सरकारसँग आफुले पनि निरन्तर पहल थाल्ने बताए ।

महाकाली करिडोर अन्तर्गत कञ्चनपुर देखि दार्चुला खण्डमा हालसम्म २ सय ४१ किलोमिटर ट्रयाक खोलिएको छ । अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ । विसं. २०६५÷०६६ देखि महाकाली करिडोरको काम थालिएको भए पनि दशक बितिसक्दा पनि सम्पूर्ण सडकको ट्रयाक खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.