प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको विजयी शुरूवात

धनगढी – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नारायण जोशीको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले विजयी शुरूवात गरेको छ । सोमवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले विजयी शुरूवात गरेको हो ।

maya metro hospital

जितका लागि १५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । सुदूरपश्चिमको जितमा शेर मल्लले ४४ बलमा ४ चौका र २ छक्कासहित ४२ रनमा अविजित रहे । त्यस्तै नारायण जोशी ३० बलमा ४ चौकासहित २८ रनमा नटआउट रहे ।

सुदूरपश्चिमका ओपनर खड्क बोहरा २१, टेक रावत १८, नरेन भट्ट १२ र किरन ठगुन्ना १६ रनमा पेभेलियन फर्किए । बलिङमा लुम्बिनीका अभिषेक गौतमले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिँदा कृष्ण कार्की र अजय चौहानको नाममा समान १–१ विकेट रह्यो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लुम्बिनी प्रदेशले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १५८ रनमा समेटिएको थियो ।

attariya hospital

लुम्बिनीका प्रज्वल थापाले ६८ बलमा ४ चौकासहित सर्वाधिक ४२ रन बनाए पनि अन्य कुनै पनि ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् । ओपनर विराट भण्डारी २३, सम्राट भुसाल ९, मिर्नाल गुरुङ १४, मोहम्मद हुसेन २६ र दिलसाद अली १० रनमा आउट भए ।

सुदूरपश्चिमका नारायण जोशीले ९.४ ओभरमा १ मेर्डनसहित ३६ रन खर्चेर ३ विकेट लिए । भोजराज भट्ट र नरेन साउदले समान २–२ विकेट लिए । नारायण जोशी प्लेयर अफ दी म्याच भए । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो । सुदूरपश्चिको भने यो पहिलो खेल र जित हो । सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशसँग खेल्नेछ । लुम्बिनीले बुधबार कर्णालीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.