डोटीमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धा घाइते

डोटी – डोटीमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धा घाइते भएकी छिन । सोमबार बिहान शिखर नगपालिका – ८ गोपघाटमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल अनियन्त्रित भएर पैदल यात्री शिखर नगरपालिका – ८ चन्कुडाकी ७२ वर्षीया जगुली देवी बलायरलाई ठक्कर दिएको थियो ।

Karma Consultancy
belauri nagarpalika

डडेल्धुरा तर्फ जादै गरेको सु.प्र.प ०१००१ प १० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको सु.प्र.प ०१००१ ह ४१७ नम्बरको अटो आपसमा ठोक्किँदा दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम बिष्टले बताए ।

citizen security services

घाइते बलायरको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार उपचार हुन नसकेपछि थप उपचारको लागि धनगढी पठाइएको छ । उनको टाउको र दायाँ खुट्टामा चोट लागेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.