धनगढी – माघको आगमनसँगै आदिवासी थारु समुदायमा नयाँ वर्ष सुरु भएको छ । थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले माघ १ गतेबाट थारु संवत् २६४७ को सुरुवात भएको बताएका हुन् ।
![maya metro hospital](https://attariyaonline.com/wp-content/uploads/2022/08/Maya-metro-big-banner-gif-1.gif)
यसैबिच थारु समुदायमा माघ (माघी)को उल्लास छाएको छ । पुस २९ गतेदेखि पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहित देशभर माघको उल्लास छाएको हो ।
त्यस्तै, आम नेपालीले धूमधामसँग माघे सङ्क्रान्ति तथा मकरसङ्क्रान्ति आ–आफ्नै रीति संस्कृति अनुसार मनाइरहेका छन् ।
![attariya hospital](https://attariyaonline.com/wp-content/uploads/2024/04/attariya-hospital.gif)