गोदावरी धाममा कुम्भमेला, थारु समुदायमा माघीको रौनक

अत्तरिया – कैलालीको गोदावरी धाममा आजदेखि कुम्भमेला लागेको छ । गोदावरी धाममा मकर सङ्क्रान्तिका अवसरमा लाग्ने मेला आजदेखि सुरु भएको हो । मेलाको अवसरमा विहानै देखि गोदावरीमा स्नान गर्नेहरुको भिड लागेको छ । यसअघि आइतबार मकर संक्रान्तिका अवसरमा बाह्रराशी दर्शन मकर मेलाको सुदूरपश्चिमका प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गरेका थिए ।

maya metro hospital

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गते देखि उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ ।

citizen security services

कुम्भमेलाका लागि गोदावरी नगरपालिकाले निःशुल्क बसको व्यवस्था गरेको छ । नगरप्रमुख बिरेन्द्र भट्टले मेलामा सहभागि जाना जान सहज होस भनेर अत्तरियाबाट ६ वटा बसको व्यवस्था गरेको बताए । उनले जाडोको मौसम भएकाले नगरपालिकाले दाउराको व्यवस्था पनि गरेको बताए । मेला स्थलमा बाटो निर्माण, मेला स्थल सम्याइएको उनले बताए । ‘हाम्रो यस क्षेत्रको ठूलो धार्मिक तीर्थ स्थल भएका कारणले गोदावरी नगरपालिकाले त्यसलाई संरक्षण गरेको छ’ उनले भने ‘यस पटक बाढीले भौतिक संरचनामा क्षति पु¥याएकाले पूर्व तयारीमा धेरै चुनौती थियो । हामीले विगत १० दिन देखि नगरपालिकाको टिप्पर, ट्याक्टर, जेसिबी पठाएर मन्दिरसम्म जाने बाटो बनाएर ग्राउन्ड सम्याएका छौ ।’ उनले पारी मन्दिर जाने बाटो निर्माणका लागि नेपाली सेनाले पनि सहयोग गरेको बताए ।

attariya hospital

थारु समुदायमा माघीको रौनक

यस्तै थारु समुदायमा माघीको रौनक छाएको छ । थारु समुदायले आजको दिनलाई नयाँ बर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । आजदेखि एक महिला सम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गएको छ । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ ।

माघ २ र ३ गते स्थानीय विदा

यसैबीच गोदावरी नगरपालिकामा माघ २ र ३ गते स्थानीय विदा दिइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै थारु समुदायको नयाँ वर्ष तथा माघी पर्वको उपलक्ष्यमा २ दिन विदा दिएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा नगर कार्यपालिकाको पुष २३ गतेको १०६ औं कार्यपालिका बैठकले २ दिन विदा दिने निर्णय गरेको उल्लेख छ ।

सूचनामा गोदावरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालय (अत्यावश्यक सेवा बाहेक) र शैक्षिक संस्थाहरुमा स्थानीय बिदा दिईएको उल्लेख छ । माघ १ गते माघि र मकर सङ्क्रान्तिका अवसरमा संघीय सरकारले नै विदा दिएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.