बाल विवाह रोक्न गोदावरीका धामी झाँक्री र स्वयंसेवकालाई प्रशिक्षण

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा बाल विवाह रोक्न धामी झाँक्री र स्वयंसेवकालाई प्रशिक्षण दिइएको छ । निड्स नेपालको सुदूरपश्चिम बाल विवाह निवारण परियोजनाले व्यक्तिगत घटना दर्ता स्वास्थ्य सामाजिक संरक्षण तथा बाल संरक्षणका लागि औपचारिक, अनौपचारिक सम्बन्ध विषयमा पालिका स्तरीय अभिभुखिकरण कार्यक्रम अन्तरगत प्रशिक्षण दिएको हो ।

Karma Consultancy
belauri nagarpalika

कार्यक्रममा गोदावरीका धामी झाँक्री, सहरी स्वास्थ्य क्लिनिकको प्रसुती गृहमा काम गर्ने महिला स्वास्थ्यकर्मी र स्वयंसेवकाको सहभागिता रहेको थियो । कार्यक्रममा धामी झाँक्रीहरूको पनि बाल विवाह रोक्नका लागि महत्वपूर्ण भूमिका हुने भएकाले प्रशिक्षण दिइएको परियोजनाकी सामाजिक परिचालिका लक्ष्मी लुहारले बताइन् ।

citizen security services

कार्यक्रममा गोदावरी नगरपालिकाको पञ्जिकरण शाखाका प्रमुख ज्ञानेन्द्र कुमार भट्टले व्यक्तिगत घटना दर्ता सम्बन्धी प्रशिक्षण दिएका थिए भने स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बाल विवाह गर्दा किशोरकिशोरीको स्वास्थ्यमा पर्ने असरका बारेमा जानकारी दिएका थिए । सुदूरपश्चिम बाल विवाह निवारण परियोजनाले गोदावरीका नगरपालिकाका ६ वडामा सञ्चालन रहेको छ ।

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.