धनगढीका सडक बत्ती फेर्न थालियो

धनगढी- धनगढीमा जडान गरिएका सडक बत्ती फेर्न थालिएको छ । गुणस्तरीय स्ट्रिट लाइट जडान नगरेको पाइएपछि धनगढीको ६ लेन सडकको ट्राफिक चौराहादेखि भन्सारसम्म र क्याम्पस चोकदेखि मोतिचोकसम्मका लाइट फेर्न थालिएको हो ।

maya metro hospital

लाइट जडानको ठेक्का पाएको श्री ड्राइभ इलेक्ट्रोनिक्स प्रालिले सम्झौता बमोजिमको स्ट्रिट लाइट जडान नगरेको पाइएपछि उपमहानगरपालिकाले भुक्तानी रोकेको थियो । कम्पनीले सम्झौताअनुसारका गुणस्तरीय लाइट जडान गर्न थालेको उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.