गोदावरीमा माघ २ र ३ गते स्थानीय विदा

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा माघ २ र ३ गते स्थानीय विदा दिइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै थारु समुदायको नयाँ वर्ष तथा माघी पर्वको उपलक्ष्यमा २ दिन विदा दिएको जनाएको छ ।

maya metro hospital

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा नगर कार्यपालिकाको पुष २३ गतेको १०६ औं कार्यपालिका बैठकले २ दिन विदा दिने निर्णय गरेको उल्लेख छ ।

सूचनामा गोदावरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालय (अत्यावश्यक सेवा बाहेक) र शैक्षिक संस्थाहरुमा स्थानीय बिदा दिईएको उल्लेख छ ।

attariya hospital

माघ १ गते माघि र मकर सङ्क्रान्तिका अवसरमा संघीय सरकारले नै विदा दिएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.