बाल्टीको पानीमा डुबेर १४ महिनाकी बालिकाको मृत्यु

रौतहट- बाल्टीको पानीमा डुबेर १४ महिनाकी बालिकाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–७ नयाँ बस्ती कटानी टोलमा मामाघर बस्ने १४ महिनाकी अनु साहको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो ।

maya metro hospital

गुजरा नगरपालिका–१ रंगपुरका सुबम साहकी छोरी अनुको शनिबार दिउँसो चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको अस्पतालमा मृत्यु भएको र थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.