अत्तरिया- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका अधिकांश स्थानमा हुस्सु-कुहिरो लागेको छ ।
![maya metro hospital](https://attariyaonline.com/wp-content/uploads/2022/08/Maya-metro-big-banner-gif-1.gif)
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
राति कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
![attariya hospital](https://attariyaonline.com/wp-content/uploads/2024/04/attariya-hospital.gif)