काठमाडौँ- प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीमा टेक रावत, गजेन्द्र बोहरा, नरेन भट्ट, खडक बोहरा, किरनकुमार ठगुन्ना, नारायण जोशी, शेर मल्ल, नरेन साउँद, प्रकाश पाण्डेय, मिलन बोहरा, विकास आग्री, दिपक चन्द र भोजराज भट्ट रहेका छन् । वैकल्पिक खेलाडीमा अभिषेक पाल, वसन्त खत्री, युवराज खत्री र सन्जय बोहरा रहेका छन् ।

सुदूरपश्चिमको पहिलो खेल माघ १ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशसँग रहेको छ।
