कैलालीमा खैरो हिरोइनसहित एक युवक पक्राउ

कैलाली- कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका-१ लम्कीबाट लागुऔषध (खैरो हिरोइन) सहित सोही ठाउँका २० वर्षीय कमल शाही पक्राउ परेका हुन् ।

maya metro hospital

उनलाई ४०० मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले शुक्रबार साँझ पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.