धनगढीको एक स्टोरबाट भन्सार छलीका प्याजसहित एक जना पक्राउ

धनगढी- धनगढीको एक स्टोरबाट भन्सार छलीका प्याजसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-२ शिवरत्नपुरका २७ वर्षीय धर्मेन्द्र चौधरी पक्राउ परेका हुन् ।

maya metro hospital

धनगढी-४ दक्षिणकाली सब्जिमण्डी नजिकै माँ–गिरीजा स्टोरबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका प्याजसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

स्टोरबाट अन्दाजी २ लाख २७ हजार मूल्य बराबरको प्याज शुक्रबार बरामद गरिएको कार्यालयका डिएसपी कुलदीप चन्दले बताए ।

 

 

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.