अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालीत सुदूरपश्चिम प्रादेशीक महोत्सवको दोस्रो दिन आज चर्चित गायीका शान्ती श्री परियारले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकी छन ।

पछिल्लो समय आफ्ना गितहरुका कारण निकै चर्चामा रहेकी गायीका परियारको प्रस्तुती लोभलाग्दो थियो । उनले आफ्ना पछिल्ला समयका एकदमै चर्चित गितहरु गाएकी थिईन । उनका अरेली काडैले च्वास्सै, पछ्यौरी च्यातियो तिम्ले तानेर, लाउन्न दाजै पिरती लगायतका गितहरुमा दर्शकहरु उफ्रि उफ्रि झुमिरहेका थिए ।


उनको प्रस्तुतीमा महोत्सवमा सहभागी युवायुवतीहरुले नाच्दै साथ दिएका थिए । यसैगरी दोस्रो दिन नै महोत्सवमा चर्चित लोकदेउडा गायक सुरेश चोखालले पनि आफ्नो प्रस्तुती राखेका थिए । उनका आईजा मेरी जसुली, हरामी साली लगायतका गितहरुमा पनि दर्शकहरुले मनोरञ्जन लिएका थिए । राष्ट्रिय कलाकारका साथै महोत्सवको पहिलो दिन स्थानिय कलाकारहरुका पनि प्रस्तुतीहरु रहेका थिए ।
महोत्सवको तेस्रो दिन भोली चर्चित गायक हिमाल सागरको प्रस्तुती रहने आयोजक अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले जानकारी दिए । उनका अनुसार हिमाल सागर सँगै तेस्रो दिन चेतन बोहरा, रोजी कुँवर, सोनु कुस्मी र डिक्रा बादी लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ । यही पुष २६ गतेदेखी सुरु भएको महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुनेछ ।
