अत्तरिया महोत्सवमा आज शान्तिश्री परियार लगायत ६ कलाकारको प्रस्तुती रहने

अत्तरिया – कैलालीको अत्तरियामा हिजोबाट सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित गायिका शान्तिश्री परियार लगायतको प्रस्तुती रहने भएको छ । परियार अरेली काँडैले मलाई च्वास्सै च्वास्सै,बोल माया, गलबन्दी च्यातियो लगायतका चर्चित गीतहरुकी गायीका हुन् ।

maya metro hospital

त्यस्तै डेउडा गायक सुरेश चोखालको प्रस्तुती पनि आजै रहने भएको छ । चोखालले आइजा मेरी जसुली लगायतका चर्चित गीतहरु गाएका छन् ।

citizen security services

आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका अनुसार अन्य ४ जना स्थानीय कलाकारको पनि प्रस्तुती रहनेछ । जस्मा कृष्ण विक,केशव फुलारा,डिबी निंरकारी र शुसिला कार्की रहेका छन् ।

attariya hospital

लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सव माघ ७ गतेसम्म चल्नेछ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.