कैलाली- कैलालीमा प्रहरीले भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला पारेको छ । भजनी नगरपालिका-८ सोनाफाँटामा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४३ हजार ९ सय ३५ मूल्य बराबरका चिनी, खानेतेल, सुर्ती, पापड, मिठाई, नमकिन लगायतका सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।

त्यस्तै, धनगढी उपमहानगरपलिका-३ पुरानो भन्सार रोड नजिकबाट अन्दाजी ३ हजार मूल्य बराबरको चिनी, प्याज, रंग लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त सामान बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताइएको छ ।
