डोटी- डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । आर्दश गाउँपालिका–३ काँडीकी ३५ वर्षीया राजुदेवी रोकाया बुधबार भालुको आक्रमणबाट घाइते भएकी हुन् ।

उनलाई हिजो स्थानीय जेपी पोलिक्लिनिकमा उपचारपछि थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुहरी कोइरालाले बताए ।

रोकायालाई करेसा बारीमा काम गरिरहेका बेला भालुले आक्रमण गरेको थियो ।
