कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा ढकाल दम्पतीको मृत्यु

धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका – १ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मृत्यु भएको छ। बुधवार साँझ कैलालीको मोहन्याल गाउँपालिका – ७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा दुर्घटना मोटरसाइकल दुर्घटना हुँदा ढकाल दम्पतीको मृत्यु भएको हो।

maya metro hospital

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो। उनीहरू अछामबाट बर्दियाको भुरीगाउँतर्फ गइरहेका थिए।

citizen security services

बुधवार साँझ करिब सात बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.