आज भुवा पर्व मनाइँदै 

 

धनगढी – सुदूरपश्चिम प्रदेशमा आज भुवा पर्व मनाइँदै छ । भुवापर्व खासगरि सुदूरपश्चिमका बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने गरिन्छ । पछिल्लो समय भुवा पर्व कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ । भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म धनगढी स्थित रंगशालामा भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गरेको छ ।

maya metro hospital

भुवा वर्पको अवसरमा सरकारले आज प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । बिदाको दिन प्रदेश स्थित सरकारी तथा सार्वजनिक निकायहरु बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

citizen security services
attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.