खाेज्नुहाेस

अत्तरिया महोत्सवमा थारू गाउँ प्रदर्शनीको छुटै मञ्च तयार

Image

अत्तरिया – कैलालीको अत्तरियामा मंगलबार देखि सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवमा थारू गाउँ प्रदर्शनीको छुटै मञ्च तयार गरिएको छ । महोत्सव भित्रै मिनी महोत्सवको झल्को दिने गरी छुटै मञ्च र स्टल तयार पारिएको छ ।

सोनारी राप्ती मिडिया प्रालि बाँकेको व्यवस्थापनमा थारू गाउँ प्रदर्शनी आयोजना गरिएको हो । थारू गाउँ प्रदर्शनीका व्यवस्थापक हेमन्त चौधरीले प्रदर्शनीमा १० वटा स्टल, थारू संग्रहालय सँगै मञ्चमा विभिन्न प्रस्तुती देखाइने बताए ।

attariya hospital
navjiwan hospital

‘हामीले यो क्षेत्रमा पहिलो पटक थारू गाउँ प्रदर्शनी आयोजना गरेका छौ’ उनले भने ‘प्रदर्शनीमा थारू संस्कृतिको कला संस्कृति प्रदर्शन सँगै अन्य जातीका मानिसहरूलाई पनि थारू समुदाय कला, संस्कृति, खानपानको बारेमा जानकारी दिने छौ ।’ उनले प्रदर्शनी भित्र राखिएको थारू संग्रहालयमा १ सय ५० भन्दा बढी पौराणिक बस्तु संकलन गरेर राखिने बताए ।

उनले थारू गाउँको प्रदर्शनीमा थारू समुदायका कलाकारहरूको छुटै प्रस्तुती रहने बताए । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनमा मंगलबार देखि सञ्चालन हुने महोत्सव माघ ७ गते सम्म सञ्चालन हुँदैछ । महोत्सवमा थारू गाउँ प्रदर्शनीले यस क्षेत्रको कला संस्कृति संरक्षणमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ ।