कुकुरलाई सडकमा शौच गराए कारबाही

काठमाडौँ- घरपालुवा कुकुरलाई सार्वजनिक ठाँउमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही गर्न थालेको छ । सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालिएको महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

maya metro hospital

उनले बेलाबेला महानगरपालिकाले सचेत गराउँदै आएको भएपनि सार्वजनिक ठाउँमा कुकुरलाई शौच गराउन नछाडेपछि कुकुर समाउन थालिएको बताए । सार्वजनिक ठाउँमा ल्याएर कुकुरलाई शौच गराए पनि फोहर उठाउनुपर्ने र झोला साथमै ल्याउनुपर्ने महानगरपालिकाको नियम छ ।

 

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.