कृष्णपुर – १ मा अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – १ मा अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरिएको छ । वल्र्ड भिजन इन्टरनेशनल सँगको साझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले कार्यक्रमको आयोजना गरेको हो ।

maya metro hospital

संस्थाको बाल संरक्षण र बाल स्पोन्सर परियोजना अन्तरगत उक्त कार्यक्रम आयोजना गरिएको बताईएको छ । कार्यक्रममा बाल क्लबका प्रतिनिधि, वडा स्तरिय सरोकारवाला र बालबालिकाका अभिभावकहरुको उपस्थिति रहेको थियो ।

citizen security services

कार्यक्रममा बालबिबाह, लागुपदार्थ दुव्र्यसनी, अभिभावकहरुको बालबालिकाप्रती व्यवहार र ब्यवस्था लगायतका विषयमा संवाद गरिएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका बाल संरक्षण अधिकृत गणेश बहादुर भुलले गरेका थिए । बालबालिका प्रति सरोकारवाला र अभिभावकले गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिएको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.