अत्तरिया – कञ्चनपुरको बेलौरी नगरपालिकाले माघी/माघे सङ्क्रन्तिको अवसरमा थप २ दिन बिदा दिएको छ । नगरपालिकाले माघी/माघे सङ्क्रन्तिको अवसरमा पुष २९ र माघ २ गते बिदा दिएको हो ।

नगरप्रमुख पोतीलाल चौधरीद्वारा जारी शुभकामना सन्देश एवम् स्थानीय बिदा सम्बन्धी सूचनामा नगर भित्र माघी/माघे सङ्क्रन्तिको अवसरमा स्थानीय बिदा दिइएको उल्लेख छ ।

सूचनामा माघी/माघे सङ्क्रन्तिको शुभकामना दिदै होहल्ला तथा तडकभडक नगरी सभ्य, भव्य तथा आर्थिक रुपमा मितव्ययी भएर मनाउन आग्रह गरिएको छ ।

माघी/माघे सङ्क्रन्तिको अवसरमा नेपाल सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको छ । बेलौरीमा माघी/माघे सङ्क्रन्तिको अवसरमा थप २ दिन बिदा दिइएसँगै पुष २९ देखि माघ २ गते सम्म ३ दिन बिदा हुने भएको छ ।