धनगढी- सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दाउरा वितरण गर्न मातहतका डिभिजन वन कार्यालयहरुलाई निर्देशन दिएको छ । चिसो बढेर जनजीवन प्रभावित हुन थालेपछि मन्त्रालयले आगो ताप्नका लागि दाउरा वितरण गर्न निर्देशन दिएको हो ।

सार्वजनिक स्थलमा आगो ताप्ने व्यवस्थाका लागि नियमानुसार दाउरा वितरण गर्न मन्त्रालयले मंगलबार सुदूरपश्चिमका सबै डिभिजन वन कार्यालयका नाममा निर्देशन जारी गरेको हो । शितलहरका कारण केही दिनयता तराइमा चिसो बढेको छ ।
