डोटी – डोटीमा डस्टबिनको रुपमा डोकाको प्रयोग हुन थालेको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका – १ मा डस्टबिनको रुपमा डोकाको प्रयोग थालेको हो । गत वर्षदेखी नै वडा नं. १ सिमचौरमा डस्टबिनका रूपमा डोकोको प्रयोग हुँदै आएको छ ।

गत वर्षबाट यस क्षेत्रमा बाँस तथा निगालोबाट बनाइएका डोकालाई फोहोर मैला व्यवस्थापनका लागि डस्टबिनका रूपमा प्रयोगमा ल्याइएको थियो । यस वर्ष पनि डस्टबिनका रूपमा डोकोको प्रयोगले निरन्तरता पाएको छ ।

फोहोर फाल्नका लागि बजारक्षेत्रमा प्लाष्टिकका डस्टबिनहरुको प्रयोग हुदै आएकोमा पालिकामा भने स्थानिय स्तरबाटै निर्माण गरिएका डोकाको प्रयोग हुन थालेको हो । बजारका डस्टबिनहरुको स्थानिय स्रोत साधनहरुको प्रयोगका लागि डोकालाई डस्टबिनका रुपमा प्रयोग गर्न थालिएको वडाध्यक्ष खेम बहादुर घर्तिमगरले जानकारी दिए ।

उनले प्लास्टिकको डस्टबिनको साटो डोको प्रयोग गर्दा वातावरण स्वच्छ हुने बताए । स्थानीय स्तरमा पाइने बाँस तथा निगालोबाट बनाइएका डोकालाई प्रयोग गर्दा बजार क्षेत्रको सरसफाइमा सहयोग पुग्नुका साथै रोजगारीको अवसर सृजना हुने समेत उनको भनाई छ ।