बेलौरीमा ढल निकासको काममा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

सन्तोष पन्त,कञ्चनपुर – कञ्चनपुरको बेलौरी बजारमा निर्माणाधीन रहेको बेलौरी ढल निर्माण तथा प्रसोधन र ड्रेन निर्माणको कार्यमा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नु परिरहेको छ । बेलौरी नगरपालिका –४ बेलौरी बजारको ढल सहितको प्रसोधन र ड्रेन निर्माण कार्यमा ठेकेदारले काममा ढिला सुस्ती गर्दा बजार वरपरका स्थानीय र व्यापारीहरूले सास्ती खेप्न परेको हो ।

maya metro hospital

बेलौरी नगरपालिकाले १ हजार ३ सय मिटर ड्रेन निर्माणका लागि २०७८ मा ललितपुरको प्यारागन कन्स्ट्रक्सन प्रालिसँग ९६ लाखमा ठेक्का सम्झौता गरेको थियो । सुरुमा ३ महिनाको म्याद राखी सम्झौता गरिए पनि त्यसयता ६–६ महिनाको म्याद थप्दै जाँदा समेत हालसम्म निर्माण कम्पनीले काम सम्पन्न गरेको छैन । बरु निर्माण कम्पनीका प्रतिनिधि ड्रेन निर्माणको काम अधुरै छोडेर बेपत्ता हुँदा उक्त कार्य अलपत्र परेको छ ।

citizen security services

निर्माण कम्पनी र बेलौरी नगरपालिकाको चरम लापरबाहीले काममा ढिलासुस्ती हुँदा बेलौरी बजारवासी आजित भइसकेका छन् । ढ्ल निकासको काम समयमै शुरु नहुदा समस्या आएको बेलौरी नगरपालिका का उपप्रमुख जोगराम चौधरीले बताए । ‘ड्रेन निर्माण गर्ने ठेकेदार सम्पर्कमै छ्न । अन्तिम पटक म्याद थप गरेका छौ’ उपप्रमुख चौधरीले भने ‘ढल निकासको काम शुरु भएको छैन ,सडक बिचबाट पाइप बिछाउने हो ।’

attariya hospital

ढलले निर्माण गर्ने ठेकेदारले काम गरे, ड्रेन निर्माण कार्यमा सहजता आउने उपप्रमुख चौधरीले बताए । ठेकेदारले ढल निर्माण कार्यमा ढिलाइ गर्दा बजार वरपरका स्थानीयले सास्ती खेप्न परेको स्थानीय पुष्कर बुडालले बताए । ‘ठेकेदारले काम गरिरहेको छैन । काम अलपत्र छाड्दा बजार एरिया कुरूप बनेको छ’ स्थानीय बुडालले भने ‘ढल र ड्रेन निर्माण कार्य अलपत्र छाडदा वर्षातमा बजारमा पानी भरिन्छ, हिउँदमा धुलोले हैरान पारेको छ ।’

ढल तथा प्रसोधन कार्यको लागि यस्तै २०७८ कार्तिक १५ मा धनगढी स्थित मृत संजिवनी ग्वाला थेगिम निर्माण कम्पनी सङ्ग १६ करोड लागतमा सम्झौता भएको थियो । तर नगरपालिकाले जग्गा खोज्न नसक्दा २०७८ मा काम भएन । जसका कारण २०८० असोज १४ मा सक्नुपर्ने काम म्याद थप गरेर २०८१ असोज १४ मा पुर्याइयो ।

संघीय सरकारको आयोजना अन्तरगत निर्माण भइरहेको ढल प्रसोधन योजना नगरपालिकाले जग्गा व्यवस्थापन गर्दा ०७९ असार ३० देखि कार्य शुरु भयो । नगरपालिकाले विद्युत कार्यालय भन्दा दक्षिण तर्फ जमिन खोजेर ढलको अन्तिम बिन्दु टुंगो लगाएको थियो ।

केही समय काम रोकिएपनि निर्माण कार्य चलिरहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय कञ्चनपुरका इन्जिनियर पवन भट्टले बताए । ‘प्राविधिक समस्याले काम रोकिएको हो । निर्माण कार्य हिजो बाट पुन ः शुरु भयो’ इन्जिनियर भट्टले भने ‘करिब ९ किलोमिटरको योजनामा काम भइरहेको छ । ढिलाइ हुदैन ।’ अहिलेसम्म ११ सय मिटर पाइप लाइन जडान ,टृट्मेन्ट प्लान्टको घेरबारको काम सकिएको इन्जिनियर भट्टले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.