अत्तरिया – कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति भूवन महराले समावेशी विद्यालय र सेभ हाउसमा जन्म दिन मनाएका छन । सभापति महराले आफ्नो २६ जन्मदिन अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी विद्यालय र महिला तथा बालबालिका सेभ हाउसमा मनाएका हुन ।

उनले जन्मदिनको अवसरमा सुदूरपश्चिम समावेशी विद्यालयमा अध्ययनरत बालबालिकालाई ३ थान ब्ल्याङ्केट खाद्यान्न र स्टेसनरी सामग्री सहयोग गरेका थिए भने सेभ हाउसमा पनि ३ थान ब्ल्याङ्केट सहित खाद्यान्न र स्टेसनरी सहयोग गरेका छन ।

उनले आफ्नो विशेष दिन अपाङ्गता भएका बालबालिका र सेभ हाउसमा आश्रित बालबालिका सँग मनाउन पाउँदा निकै खुसी लागेको बताए ।
