अत्तरिया – अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्काले महिला तथा बालबालिका सेभ हाउसमा जन्मदिन मनाएका छन । मंगलबार खड्काले आफ्नो ३० औं जन्मदिन सेभ हाउसमा मनाएका हुन ।

अत्तरिया उद्योग वाणिज्य संघका सदस्य समेत रहेका खड्काले सो अवसरमा सेभ हासमा आश्रित बालबालिकालाई न्यानो सुइटर, जुत्ता, ब्याग सँगै खाद्यान्न सहयोग गरेका थिए ।

उनले चिसोमा बालबालिकालाई सहज होस भन्नका लागि सेभा हाउसमा बसेका प्रत्येक बालबालिकालाई पुग्ने गरी न्यानो कपडा वितरण गरिएको बताए ।

सो अवसरमा बोल्दै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिह बोहराले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सेभ हाउसमा सहयोग गरे बालबालिकालाई राहत पुग्ने बताए । उनले सबैले जन्मदिन मात्रै सेभ हाउसमा मनाए बालबालिकालाई धेरै राहत पुग्ने बताए ।
सेभ हाउसकी अध्यक्ष जानकी मलासीले जन्मदिनको अवसरमा गरिएको सहयोगले बालबालिकालाई धेरै राहत पुगेको बताइन । उनले चिसो समयमा न्यानो लुगा सहयोग गरेकोमा व्यवसायी खड्कालाई धन्यावाद ज्ञापन गरिन ।