बैतडीमा राष्ट्रपति रनिङ शिल्डका लागि गएका एक विद्यार्थी घाइते, ६ जना पक्राउ

बैतडी- बैतडी बैतडीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन गएका एक विद्यार्थी घाइते भएका छन् । दोगडाकेदार गाउँपालिकामा सञ्चालित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गएका केदार मावि पिपलकोटका विद्यार्थी १७ वर्षीय विशाल कार्की घाइते भएका हुन् ।

maya metro hospital

सोमबार प्रतियोगिताका क्रममा विद्यार्थीहरुबीच विवाद हुँदा भएको भागदौडमा उनलाई चोटपटक लागेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए । उनको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार गरिएको बताइएको छ ।

citizen security services

घटनामा संलग्न ६ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा प्रतियोगितामा भइरहेको हो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.