कैलाली- कैलालीमा प्रहरीले भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला पारेको छ । धनगढी उपमहानगरपालिका-३ भन्सार कार्यालय नजिकबाट चिनी, प्याज, मैदा, मटर, लेडिज स्विटर, मखमल दोपट्टा लगायतका समान बेवारिसे अवस्थामा फेला पारेको हो ।

अन्दाजी ५१ हजार १ सय ९० मूल्य बराबरका ती सामान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताइएको छ ।

त्यस्तै, भजनी नगरपालिका-४ कुडीमा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६० हजार मूल्य बराबरको सुर्ति, प्लाष्टिको झोला, प्लाष्टिकको त्रिपाल लगायतका सामान बरामद गरिएको छ।
