कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका फुटपाथ खाली गर्न थालेको छ । नगर प्रहरी र कर्मचारी परिचालन गरी महेन्द्रनगर बजार क्षेत्रका फुटपाथमा भएका सामग्रीहरू हटाउन थालेको हो ।

व्यापारीहरूले फुटपाथका साथै सडक नै अवरुद्ध हुने गरी राखेका सरसामान, बोर्ड, निर्माण सामग्री हटाउन थालेको नगरपालिकाले जनाएको छ ।

फुटपाथमा व्यापारीहरूले सामग्री राख्दा हिँड्न असहज हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेकोले व्यापारीहरूलाई पूर्वसूचना गरी हटाउन लगाउँदा अटेरी गरेपछि नगरपालिका आफैँले ती सामग्रीहरू उठाउन थालेको बताइएको छ ।