धनगढीमा भन्सार छलिका सामानसहित दुई युवक पक्राउ

धनगढी- धनगढीमा भन्सार छलिका सामानसहित दुई युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-३ चटकपुरमा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामानसहित धनगढी-४ का २२ वर्षीय सुनिल चौधरीसहित दुई जना पक्राउ परेका हुन् ।

Karma Consultancy
belauri nagarpalika

अन्दाजी ५० हजार ६ सय मूल्य बराबरको गाडीका विभिन्न पाटपुर्जासहित आइतबार पक्राउ गरी उनीहरुलाई त्रिनगर भन्सार कार्यालय कैलाली बुझाएको प्रहरीले जनाएको छ ।

citizen security services

यस्तै, धनगढी-३ ट्राफिक चोकबाट भन्सार छलिका अन्दाजी २८ हजार ४ सय मूल्य बराबरको चिनी, प्याज, ललिपप लगायतका समान आइतबार साँझ प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

 

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.