खाेज्नुहाेस

गोदावरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीलाई भ्रष्टाचार मुद्दामा सफाइ

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहितका १० कर्मचारीहरूले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । दर्जन बढी सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय खेमराज विष्ट र देवराज जोशी सहितका कर्मचारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

navjiwan hospital

अदालतले जोशी र विष्टसहितका सबै कर्मचारीलाई सबै मुद्दामा विशेषले सफाई दिएको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्ट र जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाइ ठेकेदारलाई भुक्तानी गरेको भन्दै अख्तियारले २०७८ चैत्र ३० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

attariya hospital

त्यसैगरी गोदावरी नगरपालिका, कैलालीमा विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरूमा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै २०७९ जेठ १३ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्ट र जोशीसहित १० जनाविरुद्ध थप तीन वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीशत्रय खुशी प्रसाद थारु, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार सफाई दिएको हो ।