अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – १ मा वडास्तरिय बालमैत्री स्थानीय पहिलो बैठक सम्पन्न भएको छ । आइतबार वडाध्यक्ष मोहन सिँ बस्नेतको अध्यक्षतामा पहिलो बैठक बसेको थियो ।

बैठकले वडालाई २०८३ चैत भित्रमा वडास्तरिय बालमैत्री स्थानीय समिति वडा घोषणा गर्ने निर्णय गरेको छ । त्यसका लागी बाल प्रोफाइलका साथै बालबालिका लगानी योजना बनाउन आवश्यक बजेट खोजी गरिने समेत बैठकमा निर्णय भएको छ ।



बैठकमा विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, स्वास्थ्य शाखाका प्रमुख, टोल सुधार समितिका प्रतिनिधि, बालक्लबका प्रतिनिधि, स्वयमसेविका, प्रहरी तथा समाजसेवीहरु लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागीता रहेको थियो । नेपाल सरकारले २०८७ सम्ममा देशलाई बालमैत्री शासन घोषणा गर्ने लक्ष्य लिएको छ ।
सोही अनुसार कृष्णपुर नगरपालिका – १ ले पनि बालमैत्री स्थानीय शासनको अभियान चलाइ वडालाई बालमैत्री स्थानिय शासन वडा घोषणा गर्ने वडाध्यक्ष बस्नेतले बताएका छन । उनले बालबालिकाका सवाललाई न्यूनीकरण गर्न र बालअधिकारहरु सुनिश्चित गर्न सबैले एकजुट भएर लाग्नुपर्ने बताएका छन ।