चौमालामा एक घरबाट साढे ६ तोला सुन चोरी 

अत्तरिया – कैलालीको चौमालामा रहेको एक घरबाट साढे ६ तोला सुनका गरगहना चोरी भएका छन । गौरीगंगा नगरपालिका – १ चौमाला बजारमा रहेको प्रकाश थापाको घरबाट सुनका गहना चोरी भएको हो ।

maya metro hospital

घरमा कोही नभएको बेला चोरले ढोका फुटाएर चोरी गरेको थापाले बताएका छन । पुस २० गते साँझ चोरी भएपनि प्रहरीले अहिले सम्म खोजीका लागि तदारुकता नदेखाएको उनले बताए ।

‘चोरी भए लगतै हामीले इलाका प्रहरी कार्यालय चौमालामा निवेदन दिएका थियौ’ उनले भने ‘प्रहरीले खोजीका लागि अहिले सम्म कुनै वास्ता गरेको छैन ।’ उनले हार, चुडा, झुम्का, जन्तर, माइली तिलहरी, माइली टिका, औठी, चन्दन, टप, रानी हार छड्के तिलहरी गरी साढे ६ तोला सुन र नगद ४ हजार चोरी भएको बताए । उनले नगरपालिका र प्रहरी कार्यालय नजिकै आफ्नो घर रहेको बताए ।

attariya hospital

इलाका प्रहरी कार्यालय चौमालाले सुन चोरीको घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय सहायक प्रहरी निरीक्षक नेत्र कठायतले शंकास्पद व्यक्तिलाई सोधपुछ गर्ने काम भइरहेको बताए । ‘हामी चोरीको घटनाको सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.