केकमा गाँजा मिसाएर बेच्ने गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- केकमा लागुऔषध गाँजा मिसाई बेच्ने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-२९ घट्टेकुलो बस्‍ने २६ वर्षीय विशन मानन्धर गाँजा मिसाई केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा पक्राउ परेका हुन् ।

maya metro hospital

लागुऔषध नियन्त्रण ब्‍यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट गाँजाको धुलो १२१, तयारी अवस्थामा रहेको केकको झोल १७८ ग्राम, गाँजा ३ केजीलगायतका सामानहरू बरामद गरेको छ ।

उनले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्‍न प्रकारहरू बनाइ अनलाइन डेलिभरी गर्दै आएको प्रहरीको आरोप छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.