जुनियर कप क्रिकेट: डिस्कभरी, विद्याभूषण, एरिष्टो र धनगढी सेमिफाइनलमा भिड्ने

धनगढी- धनगढी क्रिकेट एकेडेमी (डीसिए)को आयोजनामा धनगढीमा जारी स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा डिस्कभरी स्कुल, धनगढी नमूना मावि, विद्याभूषण स्कुल र एरिष्टो स्कुल भिड्ने भएका छन् ।

maya metro hospital

आइतबार पहिलो सेमिफाइनलमा डिस्कभरी स्कुल र धनगढी नमूना मावि तथा अर्को सेमिफाइनलमा विद्याभूषण स्कुल र एरिष्टो स्कुल भिड्ने भएका छन् । यही पुस १४ गतेबाट सुरु भएको प्रतियोगितामा सहभागि १५ टोलीमध्ये यी चार स्कुल सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउनेछन् ।

attariya hospital

सर्वोत्कृष्ट खेलाडीले नगद २ हजारसहित डिसिएमा निःशुल्क भर्नासहित चार महिनाको छात्रवृत्ति, उत्कृष्ट बलर ब्याटरले एक हजारसहित डिसिएमा निःशुल्क भर्ना सहित २ महिनाको छात्रवृत्ति र उदयमान खेलाडीले डिसिएमा निःशुल्क भर्नासहित ट्रफि मेडल र प्रमाणपत्र पाउने आयोजक डिसिएका प्रबन्धक समुयल न्यौपानेले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.