अत्तरिया – कैलालीबाट भन्सार छलीका सामान सहित एक जना पक्राउ परेका छन । जिल्लाको धनगढी उपहानगरपालिका – २ त्रिनगर बाट भन्सार छलीका सामान सहित जिल्लाकै गोदावरी नगरपालिका – ६ का ३९ वर्षिय शेरबहादुर खडायत पक्राउ परेका हुन ।

उनलाई ६४ हजार ७ सय मूल्य बराबरका गाडीका पाटपुर्जासहित पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । शनिबार दिउँसो पक्राउ परेका उनलाई कैलाली भन्सारको जिम्मा लगाईएको बताईएको छ । यसैबिच प्रहरीले उपमहानगरपालिकाकै वडा नं. ३ भन्सार कार्यालय क्षेत्रबाट ४८ हजार ६० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ ।

प्रहरीले उक्त मुल्य बराबरका चिनी, मिठाई, नरिवल, सरप, मसला, पानीपुरी, बिस्कुट लगाएतका सामान बरामद गरेको हो । उक्त सामान प्रहरीले भन्सार कार्यालय अगाडिबाट बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ । उता, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विद्युत् कार्यालय क्षेत्रबाट २ लाख १ हजार २० रुपैयाँका सुट, ज्याकेट, खाद्यान्न, हार्डवेयरका सामान बरामद गरिएको छ । शनिवार साँझ प्रहरी गस्ती टोलीले उक्त सामान बरामद गरेको हो ।
