खाेज्नुहाेस

दलित संघसंस्थाहरुद्धारा बाजुरा घटनाका दोषिलाई कडा कारबाही गर्न माग

Image

धनगढी – वर्तमान समयमा विभिन्न क्षेत्रमा दलित समुदाय माथि भईरहेका जातीय विभेदका घटना,अन्याय अत्याचार र राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्व,सेवा सुविधामा पहुँच हुन नसकेको प्रति दलित समुदायका नेता तथा अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

दलित गैरसरकारी संस्था महासंघ (डिएनएफ) ले धनगढीमा आयोजनामा गरेको सुदूरपश्चिममा दलित समुदायका सवाल तथा समाधानका उपायहरु विषयक छलफल कार्यक्रमा उक्त विषयमा चिन्ता गरेका हुन ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा सहभागीहरुले बाजुरामा गर्भवती दलित महिला बलात्कारको घटनाका सम्वन्धमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई कडा कावार्ही र पीडितलाई उचित क्षेतीपूर्तिको माग गरेका थिए । वक्ताहरुले उक्त घटनाका पीडितहरु न्याय माग्न जाँदा बाजुरा जिल्ला प्रहरीका डिएसपी कबिन्द्र बोहराले दलित समुदायको भएका कारण अभद्र ब्यहोरा गरी पीडितहरुलाई उल्टै नियन्त्रणमा लिई थुनामा राखेको आरोप लगाउँदै डिएसपी बोहरालाई समेत छानविनको दायरमा ल्याउनु पर्ने र दोषी भए कारवाही गर्नुपर्ने माग गरे। साथै कार्यक्रममा वक्ताहरुले छुवाछुत मुक्त प्रदेशको सुनिश्चतता,जातीय विभेद गर्नेलाई कडा कारवाही, दलित सशक्तिकरण ऐनको कार्यान्वयन, राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्व र सेवा सुविधामा पहुँच समान पहुँच हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य हिरा सार्की, नेपाली काग्रेसका नेता एंव पूर्व राज्यमन्त्री टेक बहादुर रैका,नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष छत्र वहादुर टेलर,दलित नेता कुमार सिह टेलर,नेपाल दलित संघका अध्यक्ष प्रेम विक,अछामका दलित नेता नैनसिह थलारी, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली,नेपाल राष्टिय दलित समाज कल्याण संघका अध्यक्ष चक्र विक लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रम दलित गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष प्रेम विसी को अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन प्रदेश सचिब चक्र नेपाली ले गरेका थिए । कार्यक्रममा सहकार्य फेडो संस्थाले गरेको थियो ।

maya metro hospital

बाजुरामा पुस १३ गते एक दलित समुदायकी महिला माथि बलात्कार भएको थियो । उक्त घटनामा न्याय माग्न जाँदा प्रहरीले उल्टै पीडितलाई थुनामा राखेपछि दलित संघसस्थाहरुले विरोध जनाएका हुन ।