कञ्चनपुर – कञ्चनपुरबाट एक लाख ४२ हासहित ६ जुवाडे पक्राउ परेका छन्। शनिबार साँझ भीमदत्त नगरपालिका–३ जामिरगडाबाट ६ जना जुवाडे पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ३३ वर्षीय भवानी सिंह बुढासहितका ६ जना रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ६ गड्डी ताससमेत बरामद गरिएको छ।