डोटी– डोटीमा ग्यास सिलिन्डर पट्किदा एक जना गम्भीर घाइते भएका छन् । ग्यास सिलिन्डर पट्किदा दिपायल सिलगढी नगरपालिका – १ तिखाका ४५ वर्षीय खडकबहादुर खड्का घाइते भएका हुन् ।
खाना पकाउने क्रममा ग्यास सिलिन्डर पट्किएर घाइते भएका उनको जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।