खाेज्नुहाेस

बाजुराको एक पसलमा आगलागी

Image
file photo

बाजुरा- बाजुराको एक पसलमा आगलागी भएको छ । खप्तड छेडेदह गाउँपालिका–७ लमगाउँका भीमबहादुर रावतको खुद्रा पसलमा शनिबार आगलागी भएको हो ।

navjiwan hospital

बिजुलीको तार सर्ट भएर आगलागी भएको बताइएको छ । पसलभित्र रहेका चामल, लत्ताकपडा, मदिरा, खुद्रा सामान, इलेक्ट्रोनिक सामाग्री, भाडावर्तन, रिचार्ज कार्ड, नगद लगायतका सामानहरु जलेर करिब पाँच लाख ९१ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

attariya hospital

प्रहरी र स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।