चिनीमिल बन्द हुने चिन्तामा कञ्चनपुरवासी

सन्तोष पन्त, कञ्चनपुर- कच्चा पदार्थको अभावमा चिनीमिल बन्द हुने अवस्था आउन नदिन कञ्चनपुरवासीले माग गरेका छन् । बेलौरीस्थित महाकाली सुगर मिल र पुर्नवासस्थित भागेश्वर सुगर मिलमा कच्चा पदार्थको अभाव भएपछि मिल बन्द हुन सक्ने भन्दै स्थानीयले मिलमा कच्चा पदार्थको सहज आपुर्ती गरी नियमित सञ्चालन गर्न माग गरेका हुन् ।

Karma Consultancy

मंसिर दोस्रो सातादेखि सञ्चालनमा आएका उखु मिलमा एक महिनामै उखु अभाव भएर बन्द हुने अवस्था आए रोजिरोटी गुम्ने चिन्तामा स्थानीय छन् । जिल्ला भरिमा करिब १३ हजार बिघाभन्दा बढी क्षेत्रफलमा उखु खेती गरेर सञ्चालित २ मिलमा बर्सेनि उखु अभाव हुँदै आएको छ ।

citizen security services

स्थानीयले उद्योग चलाउन भारतबाट कच्चा पदार्थ ल्याएर भएपनि नियमित सञ्चालन गर्न माग गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्रका जनता आर्थिक स्तर सुधार्न उखु मिल घाटामा जान नदिन कच्चा पदार्थ निर्वाध रुपमा ल्याउन दिनुपर्ने बेलौरी–१० का स्थानीय पुष्कर जोशीले बताए ।

attariya hospital

‘उखु मिल सञ्चालनमा आएपछि दक्षिणी भेगका जनताको जीवनस्तर बदलिएको छ,’ उनले भने, ‘मिललाई थप व्यवस्थित गर्दै बन्द हुनदिनु हुँदैन । आवश्यक कच्चा पदार्थ भारतबाट ल्याउन दिनुपर्छ । यसमा देशलाई घाटा छैन, सरोकारवाला निकायको ध्यानाकर्षण होस् ।’

मिलमा उखु अभाव हुन नदिन विगतमा भारतबाट उखु आउने भए तापनि यस वर्ष प्रशासनले सीमामा कडाइ गर्दा उखु मिलमा उखुको अभाव हुन थालेको उखु किसान उपभोक्ता संघका जिल्ला अध्यक्ष हरि चन्द ठकुरीले बताए । ‘मिलले आफ्नो क्षमता बढायो । करिब ६ हजार उखु किसानहरुले उत्पादन गरेको उखु दुई मिलमा बाँडियो,’ अध्यक्ष चन्दले भने, ‘उत्पादन मिलको क्षमताभन्दा कम छ । अहिले भारतबाट उखु ल्याउन कडाइ छ ।’

दिनभरि उखु पेल्ने मिलमा उखु अभाव हुँदा पछिल्लो १ हप्तादेखि १२/१५ घण्टाको रेसियोमा चलिरहेका छन् । बेलौरीस्थित महाकाली सुगर मिल ४ सय र भागेश्वर सुगर मिलमा करिब ४ सयभन्दा बढी जनाले रोजगारी पाएका छन् ।
विगतमा महाकाली सुगर मिलले २५ लाख क्विन्टल उखु पेल्ने लक्ष्य राखेपनि यस वर्ष क्षमता बढाएर ३० लाख पुर्‍याएको छ भने भागेश्वर उखु मिलले भने २५ लाख क्विन्टल उखु पेल्ने लक्ष्य लिएको छ ।

महाकाली उखु मिलका एडमिन कालुसिंह ठगुन्नले कच्चा पदार्थको अभावमा उद्योग पूर्ण क्षमतामा चलाउन नसकिएको बताए । ‘कच्चा पदार्थको अभावमा दिनभरि उखु पेल्न सकिँदैन,’ उनले भने, ‘अहिले दिनमा १२ घण्टा चलेको छ ।’ उनले हाल उखु मिलमा ४ सय जनाले रोजगारी पाएको बताउँदै कच्चा पदार्थको अभाव कायमै रहे उद्योग घाटामा जाने बताए ।

भागेश्वर मिलका एडमिन डम्बर खड्काले अझै गाह्रो अवस्था नआएपनि कच्चा पदार्थको अभाव हुने चिन्ता व्यक्त गरे । उनले उखु मिलले २५ लाख क्विन्टल उखु पेल्ने लक्ष्य लिएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.