अवरुद्ध दुदिलाखान–गाँजरी सडक सुचारु

बैतडी – बैतडीको दुदिलाखान –गाँजरी सडक सुचारु भएको छ । यही पौष १६ गतेदेखि अवरुद्ध रहेको सडक इलाका प्रहरी कार्यालय पाटनमा शुक्रबार बसेको सर्वपक्षीय बैठकपछि सुचारु गर्ने सहमति भएको हो ।

Karma Consultancy
belauri nagarpalika

गाँजरी–गर्जे सडक संघर्ष समितिले गाउँपालिकाको केन्द्र जोड्ने सडक यथाशीघ्र निर्माण हुनुपर्ने माग राख्दै यही पौष १६ गतेदेखि सडक अवरुद्ध गरेको थियो । सिगास गाउँपालिका वडा नं १ र २ का स्थानीयबासिन्दाहरुलाई गाउँपालिकाको केन्द्र पुग्न ९/१० घण्टा पैदल हिड्नुपर्ने र सडक नबन्दा समस्या भएको भन्दै संघर्ष समिति गठन गरेको थियो ।

citizen security services

कुर्चेनेटा–गर्जे सडक निर्माण कार्यलाई तत्काल अघि बढाउन जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले अनुगमन गर्ने निर्णय भएको संघर्ष समितिका अध्यक्ष पवन चन्दले जानकारी दिए ।

attariya hospital

यसअघि प्रकाशित सम्बन्धित समाचार : बैतडीको दुदिलाखान-गाँजरी सडक बन्द

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.