कञ्चनपुरमा एक युवती मृत फेला, समातिए प्रेमी

कञ्चनपुर- कञ्चनपुरमा एक युवतीको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार पुनर्वास नगरपालिका–६ की २२ वर्षीया लक्ष्मी खड्काको हत्या आरोपमा उनकै प्रेमी भनिएका हुम्लाको सिमिकोट गाउँपालिका–४ का भेषराज शाही पक्राउ परेका हुन् ।

Karma Consultancy

खड्का भीमदत्त नगरपालिका–१८ खैरभट्टीमा मृत भेटिएकी थिइन् । पक्राउ परेका शाहीले नन्दा जोशीको घर रेखदेखको काम गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए । उनका अनुसार फोनबाट शाहीसँग चिनजान भएकी मृतक खड्का ४ दिनअघि घरबाट शाहीसँगै भागेर गएकी थिइन् ।

citizen security services

उनको परिवारले शाहीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी डाँगीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.