अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ चैतन्यपुरमा धार्मिक ज्ञानविज्ञान सप्ताह महायज्ञ सुरू भएको छ । चैतन्यपुरमा रहको नवदुर्गा ग्वाँसी समैजी मन्दिरमा धार्मिक ज्ञानविज्ञान सप्ताह महायज्ञ सुरू भएको हो । महायज्ञको शुक्रबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका छन ।


महायज्ञको उद्घाटन गर्दै नगरप्रमुख भट्टले नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको बताए । उनले समाज एक आपसमा मिलेर बसेको बताउँदै सबै धर्म र सम्प्रदाय बीच बलियो एकता रहेको बताए ।

मन्दिरको स्तरोन्नती, सनातन धर्म संस्कती जोगाउनका लागि महायज्ञ सञ्चालन गरिएको नवदुर्गा ग्वाँसी समैजी धार्मीक ज्ञानविज्ञान सप्ताह महायज्ञका संयोजक मान बहादुर बलायरले बताए । उनले एक हप्ता सम्म संचालन हुने महायज्ञमा अच्युत शरण महाराजले कथा वाचन गर्ने बताए ।

महायज्ञ उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया, नगर प्रबक्ता गोपाल दत्त भट्ट लगायत स्थानीयको सहभागिता रहेको थियो । महायज्ञ पुस २६ गते सम्म संचालन हुने छ ।