बैतडी- बैतडीमा जिप दुर्घटना भएको छ । बुधबार पञ्चेश्वर गाउँपालिका-४ आम्चौराबाट मेलौलीतर्फ आउँदै गरेको ना २ च ४५५१ नम्बरको जिप पालिकाको कार्यालय नजिक सैलोडामा दुर्घटना भएको हो ।


दुर्घटनामा तीन जना सामान्य घाइते भएका र उनीहरुलाई आमचौरा स्वास्थ चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।

दुर्घटनाको कारण भने खुलेको छैन । थप अनुसन्धान भइरहेको बताइएको छ ।
