
धनगढी- कैलालीको धनगढीबाट लागुऔषधसहित एक पुरुष पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१ भवानी टोलबाट १ ग्राम ५४० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित सोही ठाउँका ५० वर्षीय माधव भट्ट पक्राउ परेका हुन् ।
उनको घर अगाडिको खोकाभित्र चेकजाँच गर्दा लागुऔषध फेला पारी मंगलबार पक्राउ गरेको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
